मकवानपुरमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  379 पटक हेरिएको

काठमाडौं । मकवानपुरमा आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना पुरुष र १८ जना महिला गरि जम्मा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया