बुटवलमा दुईजना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  224 पटक हेरिएको

काठमाडौं । बुटवलमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्युु हुनेमा नवलपरासीको सुनवल नगरपालिका- ५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिला रहेका छन ।

उनीहरूको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएको हो ।

नवलपरासीका पुरुषको १६ असोजमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका थिए ।

दम र उच्च रक्तचापका बिरामी समेत रहेका उनको २० गते राति १२ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।                                                  त्यस्तै बुटवल ९ की ५५ वर्षीया महिलाको १७ असोजमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पताल भर्ना भएकी थिइन ।

उनमा सुख्खा खोकी र उच्च ज्वरो देखिएको थियो । उनको उपचारका क्रममा आज बिहान साढे ५ बजे मृत्यु भएको डा.गौतमले जानकारी दिए ।

ती महिलामा कुनैपनि दीर्घरोग देखिएको छैन । यो सँगै रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

तपाईको प्रतिक्रिया