किस्ट अस्पताल ललितपुरमा उपचाररत  कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति :  414 पटक हेरिएको

काठमाडौं । किस्ट अस्पताल ललितपुरमा उपचाररत  कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

बुधबार बिहान बालाजुकी ६९ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिइन् ।

अस्पतालको चिफ अपरेटिङ अफिसर अमिष पाठकका अनुसार संक्रमित महिलामा ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको पाठकले बताए ।

तपाईको प्रतिक्रिया