युएईमा जारी आईपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सको तेस्रो जीत

प्रकाशित मिति :  661 पटक हेरिएको

एजेन्सी । कोलकत्ता नाइट राइडर्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जीत हात पारेको छ ।

अबुधाबीमा गएराति भएको खेलमा कोलकत्ताले साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गरेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ मा समेटियो ।

चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जीत दिलाउन सकेनन् ।

यस्तै अम्बाती रायडुले ३०, फाप डु प्लेसिस र साम करनले १७–१७, कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए भने रविन्द्र जडेजा २१ र केदार जाधब ७ रनमा अविजित रहे ।

कोलकत्ताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा अलआउट हुँदै १ सय ७० रन बनाएको थियो ।

कोलकत्ताका लागि राहुल त्रिपाठीले ५१ बलमा ८१ रन बनाए । सुनिल नारिनले १७, सुबमान गिलले ११, कप्तान दिनेश कार्तिक १२ रनमा आउट हुँदा पाट कुमिन्स १७ रनमा अविजित रहे ।

चेन्नईका ड्वेन ब्राभोले ३ विकेट लिए भने  सार्दुल ठाकुर, साम कुरान र कर्ण शर्माले २–२ विकेट लिए ।

जितसँगै कलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ५ खेलबाट ६ अंक जोडेको छ ।

तेस्रो हार भोगेको चेन्नईले ६ खेलमा ४ अंक जोडेर पाँचौ स्थानमा छ ।

तपाईको प्रतिक्रिया