प्रदिप रोदनको गजल:

प्रकाशित मिति :  382 पटक हेरिएको

आभार मेरो मालिक कनिका त धन्न पाएँ!

मैले हजुरको घरमा चामल निफन्न पाएँ!

केही भएको दिनमा,यो जिन्दगी नहोला,

यो जिन्दगी थियो र,क्यै छैन भन्न पाएँ!

बाङ्गो हुने हरू आए दाउरा बनेर,

छिट्टै म काटिए नि, लौरो त बन्न पाएँ!

सोच्थेँ म नै हुँ निर्धो हाँस्थे ठिकै छ भन्दै,

यो मन दुख्यो म भन्दा अर्को विपन्न पाएँ!

सङ्गै म हिँड्न पाइन के गर्नु खै गुनासो,

काफी यही भयो बाटो सम्म खन्न पाएँ!

प्रदिप रोदन

   गोरखा

तपाईको प्रतिक्रिया