आज बिहीबार पनि घट्यो सुनकाे भाउ, प्रतितोला कति?

प्रकाशित मिति :  275 पटक हेरिएको

काठमाडौं । बिहीबार पनि सुनकाे भाउ घटेकाे छ । चाँदीकाे भने बढेकाे छ ।

आज बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजाे बुधबार ताेलाकाे ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैँयामा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया