विद्यालय हिँडेकी बालिका अपहरण आरोपमा दुईजना पक्राउ: बाग्लुङ

प्रकाशित मिति :  244 पटक हेरिएको

काठमाडौं । बाग्लुङको काठेखोला गाउँपालिकाकी बालिका अपहरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

विद्यालय हिँडेकी काठेखोला–६ की एक बालिकालाई मंगलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा दुई युवा पक्राउ परेका हुन् ।

प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर विकलाई पक्राउ गरेको छ । विद्यालयमा वैकल्पिक शिकाईका लागि हिँड्दै गरेकी बालिकालाई जङ्गल छेउमा सडकबाट उठाएर मोटरसाइकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए ।

दुवैलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले ७ दिनको म्याद थप गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । अपहरणमा परेकी बालिका हाल परिवारको साथमा छिन् ।

तपाईको प्रतिक्रिया