एकै दिन ४,३६४ जनामा कोरोना पुष्टि, २६ हजारबढी सक्रिय सङ्क्रमित

प्रकाशित मिति :  229 पटक हेरिएको

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा चार हजार तीन सय ६४ जनामासङ्क्रमण पुष्टि भएको बताउए । १८ हजार चार सय ७३ जनाको नमुना परीक्षण गरिएकोमा चार हजार तीन सय ६४ जनामा सङ्क्रमण देखिएको हो । यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ६ सय ७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ७१ हजार ३ सय ४३ जना संक्रमणमुक्र भएका छन् । आज १२ जनाको मृत्यु भएसंगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय ९० पुगेको प्रवक्ता डाक्टर गौतमले बताए ।

हाल २६ हजार ६ सय ८४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ६० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । आइसियूमा २ सय ३५ र भेन्टिलेटरमा ४२ जनाको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया