साहित्यतर्फको नोबेल पुरस्कार कवियत्री लुइज ग्लूकलाई

प्रकाशित मिति :  280 पटक हेरिएको

एजेन्सी । यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवियत्री लुइज ग्लूकलाई प्रदान गरिने भएको छ । कवियत्री लुइज ग्लूक अंग्रेजी विषयकी प्राध्यापक हुन ।

स्विडीस नोबेल कमिटीले बिहीबार ७७ वर्षीया अमेरिकी कवियत्री लुइज ग्लूकलाई साहित्यतर्फ नोबेल पुरस्कार दिने घोषणा गरेको हो । सन् १९६८ मा लुइजको पहिलो पुस्तक प्रकाशन भएको थियो । यसपछि उनी अमेरिकामा निकै लोकप्रिय बनकी थिइन ।

लुइसका १२ कविता संग्रह प्रकाशित छन् भने कयौं निबन्ध प्रकाशित छन् । सन् १९२२ मा आएको ‘द वल्र्ड आइरिस’ नामक कविता संग्रहले उनलाई संसारभर झन चर्चित बनाएको हो । जसमा रहेको ‘स्नोड्राप’ कवितामा चिसोपछि ट्रेनमा फर्किएको जीवनबारे वर्णन गरिएको छ ।

सन् १९४३ मा न्युयोर्कमा जन्मिएकी ग्लूक क्याम्ब्रिज (म्यासेच्युट) मा बस्दै आएकी छन् । उनी कवियत्रीसँगै यल युनिभर्सिटीमा अंग्रेजी विषयको प्राध्यापन पनि गर्छिन् । सबै पुरस्कारहरु अल्फ्रेड नोबेलको पूण्यतिथि १० डिसेम्बरमा प्रदान गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया