विश्वमा तीन करोड ६७ लाख भन्दा बढीलाई कोरोना संक्रमण,१० लाख ६६ हजारको मृत्यु

प्रकाशित मिति :  239 पटक हेरिएको

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ६७ लाख ४४ हजार ३४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजार ६३० जना संक्रमित थपिएका छन् भने ६ हजार ४२४ को मृत्यु भएको वल्डोमिटरमा उल्लेख छ । योसँगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ६६ हजार ८१९ पुगेको छ ।

हालसम्म २ करोड ७६ लाख ६३ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ८० लाख १३ हजार बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६७ हजार ९ सय बढीको अवस्था गम्भीर रहेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७८ लाख ३३ हजार ७ सय ६३ पुगेको छ । कोरोनाका कारण २ लाख १७ हजार ७३८ जनाको मृत्यु भएको छ भने ५० लाख २५ हजार भन्दाबढी मानिस निको भएका छन् ।

यस्तै, भारतमा संक्रमितको संख्या ६९ लाख ३ हजार ८१२ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६ हजार ५२१ पुगेको छ भने ५९ लाख ३ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा ५० लाख २९ हजार ५ सय ३९ मानिस संक्रमित भएका छन् भने १ लाख ४९ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४४ लाख १४ हजार ५ सय भन्दाबढी निको भएका छन् ।

तपाईको प्रतिक्रिया