आज बढ्यो सुनको भाउ, प्रतितोला कति?

प्रकाशित मिति :  191 पटक हेरिएको

काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ ।

हिजो तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएकाे छापावाला सुनकाे भाउ आज ताेलामा ९०० रूपैया बढेकाे छ ।

आज शुक्रबार छापावाला सुन तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया