तत्काल आफ्नो पासवर्ड परिवर्तन गर्न ईसेवाको आग्रह

प्रकाशित मिति :  280 पटक हेरिएको

काठमाडौं । ईसेवाले आफ्ना ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । कम्पनीले वेब ब्राउजरबाट लग इन गर्दा पासवर्ड अनिवार्य रूपमा परिवर्तन गर्न आग्रह गरेको हो ।

कम्पनीले इसेवामा रजिस्टर गरिएको मोबाइलमा एसएमएस वा इमेलमा प्राप्त टोकन राखि पास्वर्ड परिवर्तन गर्न आग्रह गरेको हो । कम्पनीले उक्त टोकन अरु कोहिलाई नदिन समेत आग्रह गरेको छ ।

यसैबीच विभिन्न भ्रामक समाचार र सूचनाले सामाजिक सञ्जालमा अनेकन भ्रम फैलिए पछि ईसेवाले एक सूचना जारि गर्दै आफ्नो धारणा राखेको छ ।   

तपाईको प्रतिक्रिया