नेपालमा संक्रमितको संख्या १ लाख नाघ्यो,एकै दिन २ हजार ५९ थपिए

प्रकाशित मिति :  230 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै सङ्क्रमितको कुल सङ्ख्या एक लाख ६ सय ७६ पुगेको छ ।

पीसीआर विधिबाट थप १३,२७९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४७०३ जना रहेका छन् ।

आइसोलेसनमा २७,०५३ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार थप १६८० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७३,०२३ पुगेको मन्त्रालयले जनाएको छ । आइसियू ३१८ र भेन्टिलेटर ७७ जनाको उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक महिला र ९ पुरुष गरी थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

तपाईको प्रतिक्रिया