प्युठानमा एकैदिन ३८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  222 पटक हेरिएको

प्युठान । प्युठानमा एकै दिन थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय प्युठानका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा शुक्रबार गरिएको स्वाब परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये जिल्लाको नौबहिनी गाउँपालिकाका १४, सरुमारानी गाउँपालिकाका १०, झिम्रुक गाउँपालिका ८, माण्डवी गाउँपालिका ४, मल्लरानी गाउँपालिकाका १ जना र स्वर्गद्वारी नगारपालिकाका १ जना गरि जम्मा ३८ जना रहेका छन् ।

योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या ६०२ पुगेको छ । त्यस्तै, आज शुक्रवार मात्र थप ६ जना कोरोना संक्रमीत निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय प्युठानका जिल्ला फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनु भयो ।

सरुमारानी गाउँपालिकाका ५ जना र नौबहिनी गाउँपालिकाका १ जना निको भएसँगै निको हुनेको संख्या ५४५ पुगेको हो । श्रेष्ठका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या जम्मा ५५ छ । अझै १२० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ । यस अघि कोरोनाका कारण दुईजनाको मृत्यु भई सकेको छ ।

तपाईको प्रतिक्रिया