विश्वमा दुई करोड ७८ लाख भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

प्रकाशित मिति :  210 पटक हेरिएको

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख ७२ हजार ७ सय १२ पुगेको छ ।

विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ७८ लाख ९७ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । चिनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका ३ करोड ७१ लाख १० हजार ९ सय भन्दाबढी संक्रमित भएका छन् ।

हाल विश्वमा ८१ लाख ४१ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेको छ भने ६८ हजार ३ सय बढीको अवस्था गम्भीर रहेकोे वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७८ लाख ९४ हजार ४ सय ७८ पुगेको छ । यस्तै, २ लाख १८ हजार ६ सय बढीको मृत्यु भएको छ भने ५० लाख ६४ हजार भन्दाबढी निको भएका छन् ।

छिमेकी मुलुक भारतमा ६९ लाख ७७ हजार भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ७ हजार ४ सय ५० पुगेको छ । संक्रमितमध्ये ५९ लाख ८५ हजार ५ सय भन्दा धेरै निको भएका छन् । ब्राजिलमा ५० लाख ५७ हजार भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ४९हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४४ लाख ३३ हजार भन्दाबढी निको भएका छन् ।

तपाईको प्रतिक्रिया