मकवानपुरमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  313 पटक हेरिएको

काठमाडौं । मकवानपुरमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा आज बिहान आएको रिपोर्टमा मकवानपुरका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा १८ जना पुरुष र ६ जना महिला गरि जम्मा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया