एकैदिन पाँच हजार आठजनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  283 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार आठ जनामा कोरोना पुष्टि भएको बताए   । काठमाडौंमा २ हजार १ सय, भक्तपुरमा २ सय ३ र ललितपुरमा ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ ।  यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। यो संगै संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।

यस्तै, शनिबार थप १ हजार २ सय २९ संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ । त्यसैगरी २ महिला र १२ पुरुष गरी थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।

हाल देशभर आइसोलेसनमा ३० हजार ८ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । आइसियूमा ३ सय २१ जना र भेन्टिलेटरमा ७७ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया