खुकुरी प्रहार गरि श्रीमानद्वारा श्रीमतीको हत्या

प्रकाशित मिति :  291 पटक हेरिएको

काठमाडौं । झापाको कमल गाउँपालिका-२ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले शनिबार साँझ श्रीमतीको हत्या गरेका छन्। उनले घरायसी विवाद हुँदा २४ वर्षीया श्रीमती रीता थापाको घाटीमा खुकुरी प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटनाबारे जानकारी पाए लगत्तै तोपगाछीबाट गएको प्रहरीले थापालाई घटनास्थलबाटै पक्राउ गरेको छ। अभियुक्त रामजीलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

प्रहरीले हत्यामा प्रयोग गरेको खुकुरी समेत नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया