शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना पुष्टि

प्रकाशित मिति :  226 पटक हेरिएको

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र सम्पर्कमा रहेकाहरुलाई सतर्क र सुरक्षित रहन सचिवालयले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया