मकवानपुरमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  191 पटक हेरिएको

काठमाडौं । मकवानपुरमा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा आज बिहान आएको रिपोर्टमा मकवानपुरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा २५ जना पुरुष र १७ जना महिला गरि जम्मा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   

तपाईको प्रतिक्रिया