यूईएफए नेसन्स लिगमा इंग्ल्यान्डले बेल्जियममाथि २–१ को जीत

प्रकाशित मिति :  458 पटक हेरिएको

काठमाडौं । यूईएफए नेसन्स लिगमा इंग्ल्यान्डले बलियो प्रतिद्वन्द्वी बेल्जियममाथि २–१ को जीत निकालेको छ ।

वेम्बली स्टेडियममा गएराति भएको खेलमा इंग्ल्यान्डले १–० को अग्रता उल्टाएर बेल्जियममाथि २–१ को जीत हात पारेको हो ।

इंग्ल्यान्डको जितमा मार्कस रासफोर्ड र मासन माउन्टले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले गोल गर्दै अग्रता दिलाएका थिए ।

जितसँगै इंग्ल्यान्ड समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको छ । बेल्जियमको यो पहिलो हार हो । दोस्रो स्थानको बेल्जियमको २ खेलबाट ६ अंक रहेको छ ।

तपाईको प्रतिक्रिया