विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ८१ हजार नाघ्यो

प्रकाशित मिति :  218 पटक हेरिएको

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख ८१ हजार ४ सय १९ पुगेको छ ।

विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ८३ लाख ४७ हजार २ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् । चिनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका ३ करोड ७७ लाख ४० हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ३२९ जना संक्रमित भएका छन् भने ३ हजार ८६८ जनाको मृत्यु भएको छ । त्यस्तै, २ लाख ३३ हजार ८२२ जना संक्रमण मुक्त भएका छन् ।

हाल विश्वमा ८३ लाख १२ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेको छ भने ६८ हजार ७ सय बढीको अवस्था गम्भीर रहेकोे वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७९ लाख ९१ हजार ९ सय ९८ पुगेको छ । यस्तै, २ लाख १९ हजार ६ सय बढीको मृत्यु भएको छ भने ५१ लाख २८ हजार भन्दाबढी निको भएका छन् ।

छिमेकी मुलुक भारतमा ७१ लाख १९ हजार भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ९ हजार १ सय ८४ पुगेको छ । संक्रमितमध्ये ६१ लाख ४६ हजार ४ सय भन्दा धेरै निको भएका छन् । ब्राजिलमा ५० लाख ९४ हजार भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ५० हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४४ लाख ७० हजार भन्दाबढी निको भएका छन् ।

तपाईको प्रतिक्रिया