फोरेक्स जापानद्धारा चाडपर्वको अवसरमा विशेष उपहार कार्यक्रम सार्वजनिक

प्रकाशित मिति :  313 पटक हेरिएको

काठमाडौं । फोरेक्स जापानले चाडपर्वको अवसरमा विशेष उपहार कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपालीहरुको प्रमुख चाड दशैं, तिहार र छठको अवसरमा बिशेष उपहार कार्यक्रम सार्वजनिक गरेको हो ।

जापानको राजधानी टोकियोमा आयोजित पत्रकार सम्मेलनमा रेमिट्यान्सका बजार व्यवस्थापक पञ्च चौधरिले दिनुभएको जानकारी अनुसार उपहार योजना अक्टोबर १७ तारिखबाट सुरुहुने छ ।

उपहार योजना नोभेम्बर २० तारिखसम्म लागू हुनेछ ।
फरेक्स रेमिट्यान्स जापानबाट नेपाल पैसा पठाउने ग्राहकहरुले स्मार्ट वाच, एप्पल एयरड्रप र एप्पल म्याकबुक प्रो सम्म उपहार मार्फत पाउन सक्नेछन ।

उपहार कार्यक्रम अन्तर्गत दैनिक रुपमा एकजनाले स्मार्ट वाच उपहार जित्न सक्नेछन । यसको लागि रेमिट्यान्सले आफ्नो फेसबुक पेजबाट दैनिक बिहान १० बजे लाइभ गरेर लक्की ड्र मार्फत बिजेता छनौट र घोषणा गर्नेछ साथै साप्ताहिक उपहार अन्तर्गत एप्पल एयरड्रप एक जनाले जित्न सक्नेछन ।

दैनिक तथा साप्ताहिक उपहार योजनामा बिजेता बन्न सफल ब्यक्ति समेत बम्पर उपहार कार्यक्रममा समाबेश हुन सक्नेछन । जस अन्तर्गत बम्पर उपहारमा अक्टोबर १७ तारिखदेखी नोभेम्बर २० तारिखसम्म रेमिट्यान्स सेवा प्रयोगगर्ने ब्यक्तिलाई सहभागी गराइनेछ ।

त्यसैगरी, बम्पर उपहार एप्पल म्याक बुक प्रोको बिजेता नोभेम्बर २० तारिख पछी घोषणा गरिनेछ । नेपालमा आईपे रेमिट र सबै बैंकमा तत्काल रकम भुक्तानी (रियल टाइम डिपोजिट) ब्यवस्था रहेको कम्पनिका सहायक प्रबन्धक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया