सुमन तिमल्सिना “युमन”को गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  1106 पटक हेरिएको

ज्योतिष बा भन्नु हुन्छ, भाग्य हातबाट देखिन्छ।
म किसान हुँ, मेरो अनाजका पातबाट देखिन्छ।

भन्नुहुन्छ तपाई, मान सम्मानको साथ कुरा गर्दै छु;
तपाईंको अपमान स्पष्ट कठोर बातबाट देखिन्छ।

हामी सबै समान हौँ, भन्दै नाम, थर सोध्नु भयो!
असमानता नाम पछाडिको जातबाट देखिन्छ।

आफ्नो वशमा पार्छ, आकर्षक महँगो चीजले,
इरादा बदलिएको महँगो सौगातबाट देखिन्छ।

परिवारमा सुख शान्ति छ भन्नु भयो,एक्लै देख्छु,
सुख, शान्ति त परिवारको जमातबाट देखिन्छ।
सुमन तिमल्सिना (युमन)
आरुघाट गोरखा

तपाईको प्रतिक्रिया