कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ८५ हजार नाघ्यो

प्रकाशित मिति :  354 पटक हेरिएको

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ८५ लाख ९७ हजार २ सय भन्दाबढी मानिस संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा २ लाख ४९ हजार ७८९ जना संक्रमण मुक्त भएका छन् । चिनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका ३ करोड ८० लाख ३५ हजार ४ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् भने ५०७५ ३ हजार ७५६ जनाको मृत्यु भएको छ ।

यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ८५ हजार ३ सय ३५ पुगेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ८३ लाख ५२ हजार ९ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६९ हजार बढीको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ७९ लाख ४५ हजार ५ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ८० लाख ३७ हजार ७ सय भन्दाबढी निको भएका छन् भने २ लाख २० हजार बढीको ज्यान गएको छ ।

यसैगरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७१ लाख ७३ हजार ५ सय ६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६२ लाख २४ हजार ७९२ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ९ हजार ८९४ जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५१ लाख ३ हजार ४०८ पुगेको छ भने १ लाख ५० हजार ७०९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४४ लाख ९५ हजार भन्दा बढी निको भएका छन् ।

तपाईको प्रतिक्रिया