थप दुईजना कोरोना संक्रमितको मृत्यु: मोरङ

प्रकाशित मिति :  231 पटक हेरिएको

काठमाडौं । आज मंगलबार मोरङमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको हो ।

बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनुभयो ।

त्यस्तै बूढीगङ्गा गाउँपालिका–५ का ७१ वर्षीय वुद्धको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ ।

मृतकको शनिबार सङ्क्रमण पुष्टि भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा आज मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । दमको पुरानो बिरामी रहेको वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखी उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया