कविता विश्वकर्माको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  680 पटक हेरिएको

परिवार खुसी पार्न तिमीले हाँसो छरेकी छ्यौ
तर पनि तिमी नै किन पल~ पल मरेकी छ्यौ

सुखसँग पाल्छु नि तिमीलाई पुरुषले भनेपछि
समाजको करकापमा त्यो सिँउदो भरेकी छ्यौ

भाग्यलाइ दोष दिँदै जान्छ्यौ तिमी पराइघरमा
तर त्यही पतिपरमेश्वरको शोषणमा परेकी छ्यौ

हत्या हिँसा बलत्कारको सिकार पनि भयौ तिमी
अघि बढि बोल्छ्यौ भन्दा उल्टै पछि सरेकी छ्यौ

अन्याय अत्याचारको जालमा तिमी नै बेरिरहँदा
ओइलिएर झर्‍या फूल जस्तै तिमी झरेकी छ्यौ

कविता विश्वकर्मा
काभ्रेपलान्चोक पाँचखाल -१
हाल काठमाडौं।

तपाईको प्रतिक्रिया