प्रज्ञा–प्रतिष्ठानद्वारा ‘दर्शनावली’को सातौँ अङ्क प्रकाशित

  अस्मिता स्मृति प्रकाशित मिति :  830 पटक हेरिएको

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनावली’को सातौँ अङ्क प्रकाशन गरेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ र विभागका पूर्व प्रमुख एवम् वर्तमान सदस्य विष्णु प्रभातको सम्पादनमा वार्षिक रूपमा प्रकाशन हुँदै आएको दर्शनशास्त्रसम्बन्धी एक मात्र वार्षिक प्रकाशन ‘दर्शनावली’को सातौँ अङ्क प्रकाशित भएको हो ।

‘दर्शनावली’को सातौँ अङ्कमा डा. वेदराम भुसाल, प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा. गोपीन्द्र पौडेल, विष्णु प्रभात, प्रा.डा. देवीप्रसाद सुवेदी, नारायणप्रसाद आचार्य, रामराज रेग्मी, समीर सिंह, डा. नारायण चालिसे, डा. भक्त राई, शीतल गिरी, अभय शर्मा, डा. रामदेव पण्डित र नेत्र आचार्यका विभिन्न दर्शनसँग सम्बन्धित विविध अनुसन्धानमूलक लेखरचनाहरू समेटिएका छन् ।

दर्शनशास्त्रको अध्ययन र अनुसन्धान गर्न चाहने पाठकहरूका लागि अत्यन्त महत्त्वपूर्ण र उपयोगी उक्त ‘दर्शनावली’ प्रज्ञा भवन, कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्ष र मकालु प्रकाशन गृहको आधिकारिक वितरणमा मुलुकका सात ओटै प्रदेशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ । २८८ पृष्ठको पुस्तकको मूल्य ३८० रहेको प्रज्ञा-प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया