यसोदा गिरीको कविता : के भनु तिमीलाई

  अस्मिता स्मृति प्रकाशित मिति :  804 पटक हेरिएको

के बन भनु म तिमीलाई
सुझाबहरु अलपत्र छ्न
अक्षर पढ्दै गर्दा
मास्टर बन्ने मन थियो
कथा पढदै जादा
समाज सेवि बन्न मन थियो
जिवनी पढ्दै जादा
फ्लोरेन्स नाइटिङ्गेल बन्न मन थियो ।

के बन भनेर सुझाव दिउ तिमीलाई
नेताका चरित्र पढें
वास्तविकता अर्कै पाएँ
डाक्टरको जीवनी पढे
वास्तविकता अर्कै पाएँ
कानुन र तराजु पढें
ब्यावार अर्कै पाएँ
समाज सेबिहरुलाई हेरें
सहयोग अर्कै पाएँ
नियम कानुन पढेका छन सबले
गैरकानुन बन्दैछ्न भने
मैले पाएको शिक्षा
तिमीलाई कसरी सिकाउ
के भनु तिमीलाई
कुन बाटो हिडाउ..!

तपाईको प्रतिक्रिया