पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३३ हजार भन्दा बढीमा संक्रमण

प्रकाशित मिति :  376 पटक हेरिएको

विश्वमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७ जना ७संक्रमितको मृत्यु भएको छ । योसँगै १७ लाख ३७ हजार ५१८ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख २२ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६८ लाख ९३ हजार ७९५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३३ हजार भन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ८ करोड ६ लाख ७५ हजार ७४५ पुगेको छ । हाल विश्वभर २ करोड २० लाख १७ हजार ७६५ जना सक्रिय संक्रमित छन् भने एक लाख ५ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ९४ लाख ५०४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १४ लाख भन्दाबढी संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार नाघेको छ ।

त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड १ लाख ८८ हजार ३९२ पुगेको छ । संक्रमितमध्ये एक लाख ४७ हजार ६५९ जनाको मृत्यु भइसकेको छ भने हालसम्म ९७ लाख ६० हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७४ लाख ६५ हजार नाघेको छ भने १ लाख ९० हजार ८१५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६४ लाख ७५ हजार भन्दा बढी निको भएका छन् ।

तपाईको प्रतिक्रिया