विदेशी नागरिकलाई जापान प्रवेशमा पुनः प्रतिबन्ध

प्रकाशित मिति :  447 पटक हेरिएको

जापान । जापान सरकारले कोरोना भाइरस रोकथामको लागि विदेशी नागरिकहरुलाई जापान प्रवेश गर्न प्रतिबन्ध लगाउने भएको छ ।

कोभिड १९ को नयाँ प्रकारको संक्रमण केहि व्यक्तिहरुमा पुष्टि भएपछि जापानले सोमबारबाट देश प्रवेशमा रोक लगाउने घोषणा गरेको हो । जसअनुसार नयाँ भिषा पाएका व्यक्तिहरुले प्रवेश गर्न पाउने छैनन् ।

जनवरीको अन्त्यदेखि जापानी तथा विदेशी नागरिकले १४ दिनसम्म क्वारेन्टाईनमा रहनुपर्ने जापानी संचारमाध्यम एनएचकेले जनाएको छ । यस बाहेक जापानी नागरिकहरुले ७२ घण्टाभित्रको नमुना परीक्षणमा कोरोना नभएको पुष्टि भएको प्रमाणपत्र ल्याएमा प्रवेश पाउने बताइएको छ । यो नियमबाट थाइल्यान्ड, भियातनाम, दक्षिण कोरिया र ताइवानलगायत १० देश भने प्रभावित हुने छैनन्। नेपालीहरुका लागि भने यो प्रतिबन्ध लागू हुने बताइएको छ।

टोकियोमा शनिबार बेलायतबाट फर्केका दुई व्यक्तिहरुमा नयाँ प्रकारको कोभिड १९ भेटिएपछि सरकारले उक्त कदम चालेको हो । शुक्रबार पनि बेलायतबाट फर्केका अन्य पाँच व्यक्तिहरुमा नयाँ प्रकारको कोभिड १९ को पुष्टि भएको थियो ।

जापानले अर्थतन्त्रलाई चलायमान बनाउन कोरोनाको प्रभाव कम भएसंगैं गत महिनाबाट पुनः प्रवेश सहज बनाएपनि पछिल्ललो समय कोरोनाको अत्यधिक संक्रमक बढेपछि फेरि जापान प्रवेशमा कडा उपायहरू अझ मजबुत बनाउन बाध्य तुल्याएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया