तामाङ सोसाईटी अफ अमेरिकाको दोश्रो बैठकले सल्लाहकार र विभागीय सल्लाहकार मनोनयन

प्रकाशित मिति :  497 पटक हेरिएको

अमेरिका । तामाङ सोसाईटी अफ अमेरिकाको भिडियो कन्फरेन्स कलको माध्यमबाट संस्थाका अध्यक्ष छेमाङ तामाङको सभाध्यक्षतामा दोश्रो बैठकले संस्थाका पूर्व अध्यक्षहरु, विशिष्ट व्यक्तित्वहरुलाई सन् २०२० देखि २०२२ सम्म दुई वर्षको लागि सल्लाहकार तथा विभागीय सल्लाहकारमा मनोनयन गरेको छ ।

संस्थाका अध्यक्ष छेमाङ तामाङकानुसार सल्लाहकारहरुमा पूर्वअध्यक्षहरु र विशेष व्यक्तित्वहरुलाई क्रमशः सुवास लामा, राम तामाङ, इन्द्र तामाङ, भरत मोक्तान, सूर्य तामाङ, शान्तबाबु थोकर, गोमा योन्जन, शम्भु मोक्तान, फुर्बा घिसिङ, बाबुराम लामा, क्याथ्रीन मार्स, टासी पाख्रिन (न्यूजर्सी संयोजक) र त्यसैगरी विभागीय सल्लाहकारहरुमा कमला लोप्चन, खेलकुद विभाग, लालमान तामाङ संस्कृति तथा सम्पदा विभाग, विनोद घिसिङ युवा तथा शिक्षा विभाग र मोहनसिंह ङ्याङजो लामालाई संचार, सम्वाद तथा जनसम्पर्क विभागमा मनोनित गरिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया