विश्वमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख ८१ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार भन्दा बढी संक्रमितको मृत्यु भएको छ । योसँगै १७ लाख ८१ हजार ४४२ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । यसैगरी विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ७७ लाख ९५ हजार ७८६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ८३ हजार भन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ८ करोड १६ लाख ६९ हजार ५२१ पुगेको छ । हाल विश्वभर २ करोड २० लाख ९२ हजार २९३ जना सक्रिय संक्रमित छन् भने एक लाख ५ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ९७ लाख ८१ हजार ६२४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १६ लाख भन्दाबढी संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार नाघेको छ ।
त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड २ लाख २४ हजार ७९७ पुगेको छ । संक्रमितमध्ये एक लाख ४८ हजार १९०जनाको मृत्यु भइसकेको छ भने हालसम्म ९८ लाख ६ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७५ लाख ६ हजार नाघेको छ भने १ लाख ९१ हजार ६४१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६५ लाख ६८ हजार भन्दा बढी निको भएका छन् ।