नवलपरासी । नेपाल अहिंसावादी बौंद्ध धर्म विश्व शान्ति चक्र संघ केन्द्रीय कार्यालयको आयोजनामा विनयी त्रिवेणी -२ स्थित नवलपुरमा दाउन्ने बौंद्ध गुम्बामा विश्वमा शान्ति फैलियोस भन्ने कामनाकासाथ आज (मंगलबार) विश्व शान्ति पूजा समापन भएको छ ।
संघका आनी याङछेन डोल्माकानुसार सो समारोहमा नेपाल अहिंसावादी बौंद्ध धर्म विश्व शान्ति चक्र संघका केन्द्रीय अध्यक्ष एवं बौंद्ध धर्मगुरु खेन्पो पेमा सम्बा, महासचिव प्रेमदोर्जे बल लामा, ज्योमो हिसे छ्योग्याल्मो, बौंद्ध धर्म गुरु लामा, आनी, मणिपा, पदाधिकारीहरु, धर्मलम्बिहरुको व्यापक सहभागिता रहेको जनाएकी छिन् ।