काठमाडौं । प्रहरीले लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । प्रहरीले पर्साबाट उनलाई पक्राउ गरेको हो । उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको थियो । उखु किसानलाई उक्त चिनी मिलले १६ करोड रुपैयाँ भन्दा बढी रकम तिर्न बाँकी छ।