गोदावरीखोला क्षेत्र सरसफाई अभियानको ९९ औं शृङ्खला

प्रकाशित मिति :  578 पटक हेरिएको

ललितपुर । प्रत्येक साताको शनिबार महिला तथा बालबालिकाको पहलमा निरन्तर संचालन हुँदै आएको गोदावरीखोला क्षेत्र सरसफाई अभियानको ९९ औं हप्ताको शृङ्खला आज (शनिबार) सम्पन्न भएको छ ।

अभियानकी अभियन्ता नारायणी पाण्डेले ललितपुरको हरिसिद्धी र गोदामचौर जोडने पुल आसपासमा गरिएको सरसफाई अभियानमा अभियन्ताहरु सुबोध थापा,शेखर गिरी,एन.बि.लिम्बू,दीलेन्द्र थापा,कुन्ता थापा,आस्मा थापा,पृया पुटुवार,संगिता ग्लान तामाङ,सुरज श्रेष्ठ,डिल्ली बेघा लिम्बू,श्यामकुमार महर्जन,देबनारायण बानियाँ, ठट्बहादुर बानियाँ,सावित्री पोखरेल लगायतका महानुभावहरुको सहभागितामा गरिएको जनाएकी छिन् ।

विं.सं.२०७५ फागुन २५ गतेदेखि गोदावरीखोला क्षेत्र सरसफाई अभियानकी संयोजक बेबि राजभण्डारीको संयोजकत्वमा संचालन हुँदै आएको यस अभियानले आफ्नो गौरवमय १०० औं हप्ताको कार्यक्रम यही माघ १७ गते शनिबार पार गर्दैछ ।

तस्बिर : सुवोध थापा/शेखर गिरी

तपाईको प्रतिक्रिया