अबैध लागू औषध गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिति :  847 पटक हेरिएको

काठमाडौं । मकवानपुरमा  अबैध लागू औषध गाँजा सहित मकवानपुरको मनहरीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं ४ का रवि प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय मनहरीको गस्ती टोलिले आशंकाको आधारमा चेकजाँच गर्ने क्रममा मनहरी ७ मनहरी बजारबाट ४ किलो अबैध लागू औषध गाँजा सहित प्रजालाई शनिबार बिहान प्रहरीले पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेका प्रजालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

तपाईको प्रतिक्रिया