धापाखेलमा जेष्ठ नागरिकहरुलाई खाद्यान्न हस्तान्तरण कार्यक्रम

प्रकाशित मिति :  367 पटक हेरिएको

ललितपुर ।  गोदावरी नगरपालिका वडा नं.१२ ठेचोका एक युवक निरज क्षेत्रीले आफ्नो जन्म दिनको शुभ अवसरमा भडकिलो,आधुनिक पाराको जन्म दिन नमनाएर हाम्रो शोभा गृह नामक धापाखेलमा रहेको संस्थामा आश्रीत जेष्ठ नागरिकहरुलाई खाद्यान्न बिहीबार हस्तान्तरण गर्नु भएको छ ।

संस्थाका अध्यक्ष सुरज अर्यालकानुसार निरज क्षेत्रीले आफ्नो आमा एवं श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष तथा सामाजिक अभियन्ता निर्मला क्षेत्रीको उपस्थितिमा चामल ५ बोरा,दाल १० के.जी.,चिनी १० के.जी.,आटा पिठो १० के.जी.,चिउरा ५ के.जी.,तेल ५ लिटर,बिस्कुट १ बाकस,मास्क १ बाकस लगायतका सामग्रीहरु संस्थालाई संस्थामा आश्रीत जेष्ठ नागरिकहरुलाई प्रदान गर्न हस्तान्तरण गरिएको जनाएका छन् ।

एक सामाजिक अभियन्ता निरज क्षेत्रीले यही माघ ६ गतेदेखि ३१ वर्षमा प्रवेश गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया