काठमाडौं । राष्ट्रको लागि दुई घण्टा स्वयं सेवा भन्ने मुल नाराकासाथ वाग्मती सफाई महाअभियानको ४०३ औं शृङ्खला आज (शनिबार) सम्पन्न भएको छ ।
महाअभियानकी अभियन्ता प्रिया लामिछानेकानुसार काठमाडौं मिनभवन पुल,बानेश्वर नदि सफाइ, घरदैलो सचेतना कार्यक्रमसहित सम्पन्न महाअभियानमा वाग्मती सफाई महाअभियानका मुख्य अभियन्ता, नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेल, अभियन्ताहरु किशोरसिंह शाही, डा.लक्ष्मी पौडेल, प्रमिला पौडेल, गोविन्द काफ्ले, विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु, नेपाली सेना, नेपाल प्रहरी, काठमाडौं महानगरपालिका कर्मचारी लगायतको सहभागितामा सरसफाई गरेका छन् ।