मकवानपुर । सोनाम ल्होछारको बिशेष अवसरमा मकवानपुरको हेटौंडामा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै २८५७ औँ लाङ ल्हो सोनाम ल्होछारको उपलक्ष्यमा मकवानपुर तामाङ कलाकार संघको आयोजनामा यही माघ ३० गते ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम हेटौंडाको टिसिएन चौरमा हुने तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामाले जानकारी दिए । लामाको अध्यक्षतामा २५ सदस्यीय ल्होछार बिशेष बृहत सांस्कृतिक कार्यक्रम मुल आयोजक समिती समेत गठन गरिएको छ ।
कार्यक्रममा तामाङ भेषभुषा, संस्कृति , मौलिक खाना, लामा झाँक्रीहरुको बिशेष प्रस्तुति समेत रहने अध्यक्ष लामाले बताए । मकवानपुरकै स्थानीय तामाङ कलाकारहरु मार्फत बिशेष सांगीतिक प्रस्तुति रहने अध्यक्ष लामाले बताएका छन् ।