धादिङ/ रामचन्द्र मोक्तान । सोनाम ल्होछारको बिशेष अवसरमा धादिङको थाक्रेमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
२८५७ औँ लाङ ल्हो सोनाम ल्होछारको अवसरमा थाक्रे गाउँपालिका वडा नं ४,५,७ साङ्गे छ्योइलिङ गुम्बाको आयोजनामा यहि फागुन २ गते ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम थाक्रे ५ को फुटबल मैदान तसर्पुमा हुने थाक्रे गाउँपालिकाकी सदस्य एबम् गायिका रजनी लामाले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल विद्युत प्राधिकरणको पुर्ब कार्यकारी निर्देशनक कुलमान घिसिङ रहनु हुने र नेपाल तामाङ लामा घेदुङ संघीय अध्यक्ष बुद्ध दर्शन प्रवचन प्रमुख गुरु पाल्देन योन्जन तामाङको पनि उपस्थिति रहने गायिका लामाले बताए ।
कार्यक्रममा कलाकारहरु जयनन्द लामा, बिश्व दोङ, बिशाल काल्तन, जितु लोप्चन, निर्मला घिसिङ, रजनी लामा, करण तामाङ, मुना लामा, बिपना तामाङ, लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने समेत बताइएको छ ।