मकवानपुर/रामचन्द्र मोक्तान । सोनाम ल्होछारको बिशेष अवसरमा मकवानपुरको राईगाउँमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
२८५७ औँ लाङ ल्हो सोनाम ल्होछारको अवसरमा राईगाउँ युवा क्लबको आयोजनामा यहि फागुन १ गते ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम बागमती गाउँपालिका वडा नं २ राईगाउँ बजार टोलमा हुने राईगाउँ युवा क्लबका सचीव राजेन्द्र गोलेले जानकारी दिए ।
कार्यक्रममा कलाकारहरु मार्मिक लामा, सुरेश लामा, मदन घलान, फुलकुमार बम्जन, शशिकला मोक्तान, निर्मला घिसिङ ,रेश्मा बम्जन, सुनिता लुङ्बा, सुक्मित घिसिङ, सुजिता जिम्बा, सुरज जिम्बा, सुनैना रुम्बा लगायत स्थानीय कलाकारहरूको बेजोड नृत्य प्रस्तुति रहने समेत क्लबका सचीव गोलेले बताए ।