इन्द्रसरोवर गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा २ दिन विदा दिने निर्णय

प्रकाशित मिति :  783 पटक हेरिएको

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।
गाउँपालिकाको बैठकले आगामी ३० गते पर्ने ल्होसार पर्वको अवसरमा माघ २९ गते र ३० गते दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले एक सूचना जारी गर्दै ल्होसारको अवसरमा माघ २९ र ३० गते दुई दिन सार्वजनिक विदा दिने जानकारी दिइएको छ ।
माघ २९ र ३० गते दुई दिन गाउँपालिका भित्रका सबै सरकारी कार्यालयहरु, सार्वजनिक संघसंस्थाहरु, शिक्षण संस्थाहरूमा सार्वजनिक विदा हुने जारी सूचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया