मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले ल्होसार पर्वका अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाको बैठकले आगामी ३० गते पर्ने ल्होसार पर्वका अवसरमा माघ २८, २९ र ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले एक सूचना जारी गर्दै ल्होसारको अवसरमा माघ २८, २९ र ३० गते तीन दिन सार्वजनिक विदा दिने जानकारी दिइएको छ ।
यसै बैठकले यही माघ २९ गते बकैया गाउँ पालिकालाई बालमैत्री स्थानीय तह घोषणा समारोहमा गाउँपालिकाको वडा नं ४ स्थित जुरेली खेल मैदानमा सम्पूर्णलाई सहभागी हुन समेत जारी सूचनामा उल्लेख गरिएको छ ।