विश्वमा सात करोड ९२ लाख मानिस कोरोना संक्रमणमुक्त

प्रकाशित मिति :  75 पटक हेरिएको

विश्वमा पछिल्लो २४ घण्टामा तीन लाख ६९ हजार भन्दाबढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। यससँगै संक्रमितको संख्या १० करोड ७३ लाख ७८ हजार ८ सय ८० पुगेको छ।

यस्तै, कोरोना संक्रमणका कारण विश्वमा पछिल्लो २४ घण्टामा १२ हजार ५ सय बढीको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण हालसम्म २३ लाख ४९ हजार १ सय ७१ जनाको मृत्यु भइसकेको छ। विश्वमा हालसम्म सात करोड ९२ लाख ७८ हजार १२ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल विश्वमा दुई करोड ५६ लाख ४ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । विश्वमा सबैभन्दाबढी प्रभावित अमेरिकामा हालसम्म संक्रमितको संख्या दुई करोड ७७ लाख ९२ हजार ६ सय ५५ पुगेको छ । संक्रमितमध्ये एक करोड ७६लाख २५ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ७९ हजार ४ सय १८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप ८५ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार २८० पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा १० हजार ५१० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ करोड ८ लाख ५८ हजार ३ सय पुगेको छ ।

तपाईको प्रतिक्रिया