विश्वभर हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ करोड ९८ लाख नाघ्यो

प्रकाशित मिति :  82 पटक हेरिएको

काठमाडौं । विश्वभर हालसम्म ७ करोड ९८ लाखभन्दाबढी कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यो समाचार तयार गर्दासम्म ७ करोड ९८ लाख १२ हजारसात सय २६ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १० करोड ७८ लाख १९ हजार पाँच सय ९३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २३ लाख ६२ हजार सात सय पाँच जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ५४ लाख ९५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

यसैगरी नेपालमा हालसम्म दुई लाख ७२ हजार तीन सय ४९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ६८ हजार पाँच सय ४९ जना निको भएका भने दुई हजार ४७ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै छिमेकी मुलुक भारतमा हालसम्म एक करोड आठ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड पाँच लाख ७१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५५ हजार तीन सय ९९ पुगेको छ।

 

 

तपाईको प्रतिक्रिया