अश्लील अभिव्यक्ति दिएको भन्दै सपनाले दिइन् विनयजङ्गविरुद्द जाहेरी

प्रकाशित मिति :  356 पटक हेरिएको

काठमाडौं । माग्दीकी १८ वर्षीया सपना रोका मगरले सामाजिक सञ्जालबाट अश्लील अभिव्यक्ति दिएको भन्दै विनयजङ्ग बस्नेतविरुद्द प्रहरीमा जाहेरी दिएकी छन् । सपनाले विनयजंगविरुद्ध आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन् ।

बेवारिसे लास जलाएर चर्चामा आएकी सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा समेत परेकी छन् । यो बेलासम्म सपना र विनयजंगबीच बाबुछोरीको जस्तो सम्बन्ध रहेको बताइन्थ्यो । तर पछिल्लो समय विनयजंगले सपनाविरुद्ध युट्युब, फेसबुक, फोन लगायतबाट अश्लील अभिव्यक्ति र धम्की दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया