ला लिगामा भ्यालेन्सियाविरुद्ध मड्रिडको जित

प्रकाशित मिति :  382 पटक हेरिएको

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत रियल मड्रिडले भ्यालेन्सियाविरुद्ध २–० को जित निकालेको छ ।

गए राति भएको खेलमा रियलले भ्यालेन्सियाविरुद्ध जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियलले पहिलो हाफमा दुई गोलको अग्रता कायम गरेको थियो ।

खेलको १२ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यस्तै टोनी क्रुसले खेलको ४२ औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए ।

खेलको दोस्रो हाफ गोलरहित बनेको थियो । जसका कारण पहिलो हाफमा रियलले गरेको दुई गोल नै जितका लागि पर्याप्त बनेको हो ।

 

तपाईको प्रतिक्रिया