लाजियोलाई पराजित गर्दै इन्टर मिलान शीर्ष स्थानमा

प्रकाशित मिति :  469 पटक हेरिएको

काठमाडौं । लाजियोलाई पराजित गर्दै इन्टर मिलान शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा रोमेलु लुकाकुको दुई गोल मद्दतमा लिजयोलाई ३–१ ले पराजित गर्द इन्टर मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको हो । जसमा लाउटारो मार्टिनेजले एक गोल थप्न सफल भएका थिए ।

एसी मिलान स्पेजिअसँग पराजित भएको फाइदा उठाउँदै इन्टर शीर्ष स्थानमा पुगेको हो ।

यस्तै इन्टरले एसी मिलानमाथि एक अंकको अग्रता कायम गरेको छ । खेलको २२औं मिनेटममा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । ६१औं मिनेटमा लाजियोका सर्जेइ मिलिनकोभिक साभिकले गोल गर्दै गोल अन्तर कम पारेका थिए । तर ६४औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको जित पक्का गरे ।

जम्मा २२ खेलबाट ५० अंक जोड्दै इन्टर शीर्ष स्थानमा उक्लेको हो भने समान खेलबाट ४९ अंक रहेको एसी मिलान दोस्रो स्थानमा झरेको छ । यस्तै उडिनेसीलाई ३–० ले पराजित गर्दै रोमा तेस्रो स्थानमा उक्लेको छ । रोमाको २२ खेलबाट ४३ अंक छ ।

 

तपाईको प्रतिक्रिया