प्रम ओलीले आज तीन वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने

प्रकाशित मिति :  357 पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको तीन वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने भएका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षमा गरेका प्रमुख कार्य उपलब्धि सार्वजनिक गर्ने भएका हुन् ।

आज बिहान ११ बजे सिंहदरबारस्थित पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन वर्षमा भएका कामबारे प्रेस विफ्रिङ गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया